१६ असार २०८३ मंगलबार
image/svg+xml
खेल

गर्मीको लहरले विश्वकपका खेलहरु प्रभावित हुन सक्ने

राष्ट्रिय मौसम सेवाका अनुसार खतरनाक गर्मी बढ्दै जाँदा यस हप्ता संयुक्त राज्य अमेरिका र क्यानडाका केही भागहरूमा तापक्रम बढ्ने छ।

गर्मीसँगै उच्च आर्द्रता हुनाले मौसम अझ असहज हुने र स्वास्थ्यमा असर पर्ने सम्भावना छ। यस हप्ताको अन्त्यतिर गर्मीको लहर तीव्र हुँदै जाँदा गर्मी सूचकांकहरू बढ्ने आँकलन गरिएको छ। विश्वव्यापी खेलाडी संघ फिफप्रोले यसलाई खेलको लागि धेरै असुरक्षित मानेको छ।

विश्वकपका अन्तिम ३२ का केही खेलहरूमा प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा तातो र कठिन अवस्थाहरू आउन सक्ने बताइएको छ।

मध्य र पूर्वी अमेरिकी राज्यहरू र क्यानडाको धेरैजसो भागमा गर्मीको लहर तीव्र हुने अनुमान गरिएको छ। सो समयमा ३२ डिग्री सेल्सियस (९० डिग्री फरेनहाइट) भन्दा बढी तापक्रम हुने अपेक्षा गरिएको छ।

आर्द्रता थपिदैँ जादा दक्षिणी ग्रेट प्लेन्स, मध्य(मिसिसिपी उपत्यका र अन्ततः मध्य(एट्लान्टिकका केही भागहरूमा तापक्रम ४६ डिग्री सेल्सियस (११५ डिग्री फरेनहाइट) सम्म पुग्ने अनुमान गरिएको छ। रातमा पनि तापक्रम २० डिग्री सेल्सियस (७० डिग्री फारेनहाइट) भन्दा कम नहुने बताइएको छ।

कुन खेलहरू तातो हुनेछन् ?

विश्वकपमा ३२ औँ चरणका सबै खेलहरू गर्मीको लहरबाट प्रभावित हुने छैनन् तर केही खेलहरुमा यसको प्रभाव रहने अनुमान गरिएको छ।

यस हप्ता सबैभन्दा तातो मौसम टेक्सासमा हुनेछ जसले ह्युस्टन र अर्लिङ्टनको रंगशालामा असर गर्ने बताइएको छ। जसको कारण खेलाडि र फ्यानहरुलाई असहज हुन सक्छ।

न्यु जर्सीमा हुने फ्रान्स विरुद्ध स्वीडेनको खेलमा तापक्रम ३० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।

२ जुलाई मा टोरन्टोमा हुने पोर्चुगल विरुद्ध क्रोएसियाको खेलमा पनि तपक्रम ३१ डिग्री सेल्सियस (८८ डिग्री फरेनहाइट) पुग्नेछ।

३ जुलाईमा मियामीमा हुने अर्जेन्टिना विरुद्ध केप भर्डेको खेलमो दौरान ३१ डिग्री सेल्सियस (८८ डिग्री फरेनहाइट) पुग्ने बताइएको छ।

मियामी र क्यान्सस सिटीमा हुने खेलहरू विशेष गरी असहज हुन सक्छन् किनकि यहाँ उच्च आर्द्रताले तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) सम्म पुग्नेछ।

फिलाडेल्फिया र न्यु जर्सीमा तापक्रम उच्चतम ३० डिग्री सेल्सियस (१०० डिग्री फारेनहाइट) सम्म बढ्नेछ र ४० डिग्री सेल्सियस (१०४ डिग्री फारेनहाइट) भन्दा माथि पुग्नेछ।

अत्यधिक गर्मी र आर्द्रताका कारण खेलाडीको स्वास्थ्य जोगाउन खेलको बिचमा हाइड्रेसन ब्रेकको पनि व्यवस्था गरिएको छ।

यस अवधिमा खेलाडीहरूले पानी वा इलेक्ट्रोलाइटयुक्त पेय पिउने, शरीर चिसो बनाउने र आवश्यक परे चिकित्सकीय जाँच गराउने अवसर पाउँछन्। गर्मीका बिच यसले खेलाडिलाई केहि राहत महसुस हुनेछ।

प्रकाशित: १६ असार २०८३ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App