१७ असार २०८३ बुधबार
image/svg+xml
समाज

गुलरिया क्षेत्रमा डुबान

गुलरिया–१ मा रहेको १६ नम्बर गाउँका घरहरू डुबानमा ।

लगातार भइरहेको वर्षाका कारण बर्दियाको गुलरिया क्षेत्रमा बस्ती डुबानमा परेको छ। गुलरिया नगरपालिका–१ स्थित खैरापुरको छेदापुर बस्ती डुबानमा परेको हो। सोही वडाको १६ नम्बर बस्ती पनि प्रभावित भएको छ।

डुबानको पानी निकास गर्न सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। जेसीबीको सहायताले पानीको निकास खुलाउने प्रयास भइरहेको एसपी दिनेश महतले बताए।

जिल्ला प्रशासन कार्यालयले नदी तथा होचा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आवश्यक परे सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। जिल्ला प्रशासनले आफ्नो आधिकारिक पेजमार्फत गुलरिया, मधुवन र बारबर्दिया नगरपालिकामा अत्यधिक वर्षा भएको उल्लेख गरेको छ।

प्रकाशित: १६ असार २०८३ १८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App