टी-२० विश्वकप एसिया छनोट सुपर सिक्स अन्तर्गत ओमानविरुद्ध नेपालले सातौँ विकेट गुमाएको छ।
अन्तिम ओभरमा ठूलो शट खेल्ने प्रयासमा रहेका गुलशन झा १८ रन बनाएर पभेलियन फर्किएका छन्।
नेपालले १९ ओभरमा १४१ रन बनाउँदा सातौँ विकेट गुमाएको हो। गुलशनले मात्र ९ बलको सामना गर्दै २ छक्कासहित १८ रनको विष्फोटक पारी खेले।
उनको सानो तर महत्वपूर्ण योगदानले नेपाललाई सम्मानजनक स्कोरतर्फ डोर्याउन मद्दत गरेको छ।
यसअघि कुशल भुर्तेलले ६९ रनको उत्कृष्ट पारी खेलेका थिए। भुर्तेल आउट भएपछि अन्तिम ओभरमा रन गति बढाउने जिम्मेवारी लिएका गुलशनले आक्रामक ब्याटिङ गरे पनि ठूलो स्कोर बनाउन सकेनन्।
नेपाल अब अन्तिम ओभरमा प्रतिस्पर्धात्मक स्कोर बनाउने प्रयासमा छ ।
प्रकाशित: २९ आश्विन २०८२ २२:१५ बुधबार





