फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एल' को खेलमा घानाले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै पानामामाथि १–० को सनसनीपूर्ण जित हासिल गरेको छ।
क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन्। खेलको ९० प्लस ५ औं मिनेटमा घानाका क्लेभिन यिरेन्की गोल गरेका थिए।
प्रकाशित: ४ असार २०८३ ०६:५७ बिहीबार





