१७ माघ २०८२ शनिबार
image/svg+xml
खेल

फ्रिडम फाइटरलाई उपाधि

फ्रिडम फाइटर ‘बी’ ले बुधबार पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

काठमाडौं महानगरपालिका-७ को आयोजनामा चावहिलमा भएको प्रतियोगिताको फाइनलमा फ्रिडम ‘बी’ ले चावहिल स्पोर्ट्स क्लब ‘ए’ लाई १–० को झीनो गोलअन्तरले पराजित गर्‍यो। कन्या गुरुङले निर्णायक गोल गरे। विजेता टोलीकै नरकुमार राई फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए। उपाधिसँगै फ्रिडमले एक लाख नगद पुरस्कार पायो भने चावहिलले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो। विजेताका कन्या प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए। रोशन शाही उत्कृष्ट खेलाडी, सचिन श्रेष्ठ उत्कृष्ट गोलरक्षक र सगुन श्रेष्ठ उत्कृष्ट डिफेन्डर बने।

तीनै चावहिल ‘ए’ का हुन्। उत्कृष्ट चारैलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरियो। विजेतालाई अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराटजंग शाही, आयोजक वडाका अध्यक्ष विमलकुमार होडा, वडा सदस्य एवं प्रतियोगिता संयोजक सुरेश शाहीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। असोज २५ गतेदेखि सुरु भएको सिक्स ‘ए’ साइड स्वरूपको नकआउट प्रतियोगितामा २० टिम सहभागी थिए।

प्रकाशित: ३० आश्विन २०८२ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App