फ्रिडम फाइटर ‘बी’ र चावहिल स्पोर्ट्स क्लब ‘ए’ पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन्।
चावहिलमा भइरहेको प्रतियोगितामा फ्रिडमले कैलालीलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्यो। ‘म्यान अफ द म्याच’ विजय महतले २ तथा प्रकाश राना मगर, कृष्ण मालाकार र कन्या गुरुङले समान १–१ गोल गरे। बाँकी १ गोल आत्मघाती थियो।
काठमाडौं महानगरपालिका–७ को आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा चावहिलले बानेश्वर फ्रेन्डसिपलई १–० गोलले हरायो। नितिन गुरुङले निर्णायक गोल गरे। चावहिलका गोलरक्षक सचिन श्रेष्ठ ‘म्यान अफ द म्याच’ बने।
फाइनल बुधबार हुनेछ। विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिनेछ।
प्रकाशित: २९ आश्विन २०८२ ०७:०६ बुधबार





