काठमाडौं गोर्खाजका मोन्टी देसाईले नेपाली क्रिकेट फरक ढंगले काम गर्न पाउँदा उत्साहित रहेको र अहिले नै यस सिजनको एनपिएलमा यस्तो नतिजा ल्याउँछु भन्नु छिटो हुन सक्ने बताएका छन्।
नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षकसमेत रहेका मोन्टी देसाई बिहीबार नेपाल आइपुगेका छन्। देसाईलाई काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
बिहीबार नेपाल आएका मोन्टीले काठमाडौं गोर्खाज पछिल्लो सिजन पाँचौं स्थानमा रहेको र यसपल्ट अझै राम्रो टोली निर्माण गर्ने आशा व्यक्त गरेका छन्। आगामी मिनी अक्सनमा धेरै खेलाडीलाई हेर्न उत्साहित पनि रहेको बताएका छन्। करण केसी र अरू राम्रा खेलाडी रहेको र अन्य राम्रा खेलाडी पनि टोलीमा आबद्ध गराउने उनको लक्ष्य छ।
नेपाली टोलीका ब्याटरलाई अक्सनबाट ल्याउने लक्ष्य रहेको उनले उल्लेख गरे। उनले बलिङ डिपार्टमेन्टमा काठमाडौं गोर्खाज राम्रो रहेको पनि बताएका छन्। छिटै टियु मैदानमा जान उत्साहित रहेको पनि मोन्टीको भनाइ छ।
अक्सनमा ब्याटर खरिद गर्नका लागि धेरै अप्सन नरहे पनि त्यसमा टोलीका प्रशिक्षक वसन्त शाहीले काम गरिरहेको बताए। उनले नेपालको क्रिकेट विकास गर्न फ्रेन्चाइज क्रिकेट महत्त्वपूर्ण रहेको र त्यसको उदाहरण नन्दन यादव रहेको बताएका छन्।
एनपिएलको दोस्रो संस्करणका लागि शनिबार मिनी अक्सन हुँदै छ। काठमाडौंले एपिएलको दोस्रो संस्करणका लागि मार्कीमा करण केसीसहित भीम सार्की, शाहब आलम, रसिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई निरन्तरता दिएको छ।
प्रकाशित: २३ श्रावण २०८२ १०:२८ शुक्रबार



-600x400.jpg)

