३१ असार २०८३ बुधबार
image/svg+xml
खेल

चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न

विजयी खेलाडीहरूलाई पुरस्कार वितरण

एथलेटिक्स परिवार, नेपालको आयोजनामा दशरथ रङ्गशालामा सम्पन्न चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६’ का विजयी खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ ।  

दुई दिनसम्म सञ्चालित उक्त प्रतियोगिताका विभिन्न इभेन्टहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरणको विवरणअनुसार, ’१००० मि. भेट्रान्स’ इभेन्टमा रामचन्द्र श्रेष्ठ प्रथम, केट ट्यारेन्ट द्वितीय र भिम बहादुर गुरुङ तृतीय भएका छन् ।

त्यसैगरी, ’२००० मि. भेट्रान्स’ इभेन्टमा धर्म महर्जन प्रथम, रैवत बहादुर दाहाल द्वितीय र गोपाल थापा तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

प्रतियोगितामा सहभागी खेलाडीहरूले एथलेटिक्स परिवार, नेपालबाट तोकिएबमोजिमको नगद पुरस्कार प्राप्त गरेका हुन् । 

प्रकाशित: ११ असार २०८३ १५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App