२३ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

एमबाप्पेको टोलीमा ‘कुनै फ्रान्सेली खेलाडी छैनन्’ भनेपछि विवादमा स्पेनका पूर्वप्रधानमन्त्री

स्पेनका पूर्वप्रधानमन्त्री मारियानो राजोयले फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका खेलाडीप्रति गरेको टिप्पणीलाई लिएर आलोचना भएको छ। 

उनी विश्वकपको सेमिफाइनल खेलअघि राजोयले फ्रान्सेली टोलीमा ‘कुनै फ्रान्सेली खेलाडी छैनन्’ भनेपछि विवादमा परेका हुन्। सेमिफाइनलमा फ्रान्स र स्पेन बुधबार खेल्दैछन्। सन् २०११ देखि २०१८ सम्म स्पेनको प्रधानमन्त्री रहेका राजोयले एक अनलाइन पत्रिकामा लेखेको स्तम्भमा उक्त टिप्पणी गरेका हुन्। उनले लेखे, 'तिनीहरू हाल फिफा वरीयतामा पहिलो स्थानमा छन्। तिनीहरूसँग शीर्ष-स्तरीय टोली पनि छ। यसो भनिए पनि, तिनीहरूसँग कुनै फ्रान्सेली खेलाडी छैनन्, र तिनीहरू धेरै राम्रो खेलिरहेका छन्।'

राजोयको यस अभिव्यक्तिपछि स्पेनका वर्तमान प्रधानमन्त्री पेड्रो सान्चेजले कडा प्रतिक्रिया दिएका छन्। सान्चेजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यहाँ अझै पनि थर, जन्मस्थान वा छालाको रंगका आधारमा आफ्नो सम्बन्ध मापन गर्नेहरू छन्। यस्ता जेनोफोबिक बयानले देशलाई नै लाजमर्दो बनाउँछ।’

यस अभिव्यक्तिले फ्रान्समा पनि ठूलो आक्रोश निम्त्याएको छ। फ्रान्सका आन्तरिक मन्त्री लरेन्ट नुनेजले राजोयको भनाइ 'पूर्ण रूपमा अस्वीकार्य' रहेको बताए। उनले भने, 'फ्रान्स विविधताको देश हो जहाँ सबैजना फस्टाउन सक्छन् र आफ्नो स्थान पाउन सक्छन्।'

त्यस्तै, फ्रान्सेली समाजवादी पार्टीका नेता ओलिभियर फाउरेले फ्रान्स कुनै जातीय राष्ट्र नभएको र यो गणतन्त्रको आदर्श वाक्य वरिपरि एकताबद्ध रहेको उल्लेख गरे। फ्रान्सका विदेशी क्षेत्र हेर्ने मन्त्री नाइमा मौचौले यसलाई फ्रान्सप्रतिको 'व्यवस्थित र सामान्यीकृत घृणा' को संज्ञा दिँदै कानुनी कारबाहीको माग गरिन्।

यसअघि पनि पाराग्वेका एक सिनेटरले फ्रान्सेली खेलाडी केलियन एमबाप्पेप्रति गरेको जातिवादी टिप्पणीको व्यापक आलोचना भएको थियो। फ्रान्सेली फुटबल महासंघले एमबाप्पेविरुद्धको उक्त टिप्पणीलाई लिएर कानुनी प्रक्रिया अगाडि बढाउने बताएको छ। एमबाप्पे स्वंयमले पनि यसको आलोचना गरेका थिए। पाराग्वेको सिनेटले एमबाप्पे विरुद्धको टिप्पणीको लागि सिनेटर सेलेस्टे अमरिल्ला विरुद्ध प्रस्ताव पारित गरेको थियो।

म्याड्रिडस्थित फ्रान्सेली दूतावासले पनि तथ्य स्पष्ट पार्दै विज्ञप्ति जारी गरेको छ। दूतावासले लेखेको छ, 'फ्रान्सेली राष्ट्रिय टोलीका सबै खेलाडी फ्रान्सेली हुन्। २६ खेलाडीमध्ये २३ जना फ्रान्समै जन्मेका थिए। विदेशमा जन्मेका तीन जना पनि फ्रान्सेली नै हुन्।'

राजोयको टिप्पणीबारे स्पेनका यातायात मन्त्री ओस्कर पुएन्टेले उनलाई 'मूर्ख' भन्दै कडा आलोचना गरेका छन् भने फ्रान्सेली फुटबल महासंघका अध्यक्ष फिलिप डियालोले यसमा 'जातिवादको असहनीय गन्ध' रहेको बताएका छन्। एजेन्सी

प्रकाशित: २९ असार २०८३ ०८:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App