नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दोका महासंघ (एनआइटिएफ) का पूर्वअध्यक्ष अञ्जन धमला सम्मानित भएका छन्।
बेलायतको प्रतिष्ठित तेक्वान्दो एकेडेमी अथेन्टिक सेन्ट्रेस फर एक्सिलेन्सी अफ तेक्वान्दो (एसीई) ले धमलालाई बेलायत भ्रमणको दौरान सम्मान गरेको हो। उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य पनि हुन्। एसिईका संस्थापक एवम् अध्यक्ष ग्रान्ड मास्टर पाउल कटलरले धमलालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। तेक्वान्दो खेलको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै एकेडेमीले धमलालाई सम्मान गरेको हो।
धमलाको निरन्तरको प्रयास र उपलब्धिले खेलाडीहरूलाई प्रेरित गर्न र राष्ट्रिय स्तरमा तेक्वान्दोको आधार बलियो बनाउन भूूमिका खेलेको एसिई तेक्वान्दोले जनाएको छ। उनी दक्षिण एसियाली तेक्वान्दो महासंघको उपाध्यक्ष र एसियन तेक्वान्दो महासंघको कार्यसमिति सदस्य पनि हुन्। तेक्वान्दोका छैटौं डान धमला अन्तराष्ट्रिय रेफ्रीको रूपमा समेत सक्रिय छन्।
प्रकाशित: ४ मंसिर २०८२ ०८:२९ बिहीबार





