२५ पुस २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपाललाई पाँच स्वर्ण

नेपालले चीनमा भएको एन्टा २०२५ तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनलमा पाँच स्वर्णसहित कुल १३ पदक जितेको छ।

चीनको छेङदुमा भएको युथ लिग फाइनलमा नेपालले पाँच स्वर्ण, तीन रजत र पाँच कांस्य जितेको नेपाली टोलीसँगै रहेका निर्णायक विकेश बिडारीले जानकारी दिए। उक्त युथ लिगमा नेपालका लागि एकल पुम्सेको यु–१० मा आरुषी थिङ, यु–१२ मा तभिसा तामाङ र विवश तामाङ, फाइटतर्फ ३४ केजीमुनि आयु रे र भर्चुअल ग्यरोगी (भिआर) इभेन्टमा कुमार तामाङले स्वर्ण जितेका हुन्। फाइटमा ३८ केजीमुनि निकी थिङ, ५८ केजीमुनि अफेस खत्री र एकल पुम्से (१६ वर्षमुनि) मा सजल बास्कोटाले रजत पदक जितेका हुन्।

एकल पुम्सेको यु–१४ मा पविना घलेले कांस्य जितिन्। फाइटमा २७ केजीमुनि सुजल कार्की, २९ केजीमुनि पवन घले, ३१ केजीुमनि सफल गुरुङ र ३६ केजीमुनि सागर गुरुङले कांस्य पदक जितेका छन्।

उक्त ग्रान्डस्लाम युथ लिग फाइनलमा अन्तर्राष्ट्रिय निर्णायक विकेश बिडारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए। नेपाली टोलीको प्रशिक्षकमा प्रवीण खड्गी छन्। युथ लिग फाइनलमा काभ्रेस्थली, गोलढुंगा, अल्टिमेट र स्युचाटार तेक्वान्दो डोजाङका खेलाडीले सहभागिता जनाएका छन्।  

प्रकाशित: ८ भाद्र २०८२ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App