२४ पुस २०८२ बिहीबार
image/svg+xml
खेल

इंल्यान्ड र भारतबीचको पाँचौ टेस्टः भारतले पहिला ब्याटिङ गर्ने

इंल्यान्ड र भारतबीचको पाँचौ तथा अन्तिम टेस्ट क्रिकेट केहीबेरमा सुरु हुँदैछ । ओभलमा हुने खेलमा घरेलु टोली इंल्यान्डले टस जितेर बलिङ रोजेपछि भारतले केहीबेरमा ब्याटिङ गर्नेछ ।  

इंल्यान्ड भ्रमणमा रहेको भारतलाई जारी पाँच खेलको शृंखला बचाउन अन्तिम टेस्ट जित्नै पर्ने दबाब छ । यसअघिका चार खेलमा घरेलु टोली २-१ ले अघि छ । इंल्यान्डले पहिलो टेस्ट ५ विकेटले र तेस्रो टेस्ट २२ रनले जितेको थियो । दोस्रो टेस्टमा भारत ३३६ रनले विजयी भएको थियो । चौथो टेस्ट भने बराबरीमा सकिएको थियो ।  

पाँचौ खेलमा भारत विजयी भए शृंखला बराबरीमा सकिने छ । बराबरी वा हारले भने भारतले शृंखला गुमाउनेछ । सुभमन गिलले टेस्टको मोर्चा सम्हालेको पहिलो शृंखला नै गुमाउने छन् । 

प्रकाशित: १५ श्रावण २०८२ १५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App