१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
खेल

फिफा विश्वकप : अमेरिकाको टोली घोषणा

फिफा विश्वकप–२०२६ का लागि आयोजक राष्ट्र अमेरिकाले टोली घोषणा गरेको छ।

अमेरिकाको प्रशिक्षक प्रशिक्षक मौरिसियो पोचेटिनोले २६ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

विश्वकपमा अमेरिका समूह ‘डी’ मा रहेको छ। यस समूहमा पाराग्वे, अस्ट्रेलिया र टर्की छ। घरेलु टोलीले जुन १२ मा पाराग्वेसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ।

टोलीमा क्रिस्चियन ‌पुलिसिक, टायलर एडम्स र वेस्टन म्याकेनीलाई समावेश गरिएको छ भने डिएगो लुना र ट्यानर ⁠टेसम्यानलगायत टीममा परेका छैनन्।

आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुँदैछ।

अमेरिकाको टोली :

गोलरक्षक : क्रिस ब्राडी, म्याट फ्रिज र म्याट टर्नर  

रक्षक : म्याक्स आर्फ्स्टेन, सर्जिनो डेस्ट, एलेक्स फ्रिम्यान, मार्क म्याकेन्जी, टिम रिम, क्रिस रिचर्ड्स, एनटनी रोबिन्सन, माइल्स रोबिन्सन, जो स्काली र अस्टन ट्रस्टी

मिडफिल्डर : टायलर एडम्स, सेबास्टियन बेरहाल्टर, वेस्टन म्याककेनी, क्रिस्टियन रोल्डान, ब्रेन्डन आरोनसन, क्रिस्टियन पुलिसिक, जियो रेना, मालिक टिलम्यान, टिम वेआ, अलेजान्द्रो जेन्डेजास

स्ट्राइकर : फोलारिन बालोगुन, रिकार्डो पेपी र हाजी राइट

प्रकाशित: १३ जेष्ठ २०८३ १७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App