फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहानको खेलमा अमेरिका र टर्कीबिच रोचक प्रतिस्पर्धा भइरहेको छ।
लस एन्जलस रंगशालामा जारी खेलको सुरुवाती १० मिनेटभित्रै दुवै टोलीले १–१ गोल गर्दै रोमाञ्चक बनाएका हुन्। समूह ‘डी’को यो खेलको ४९औं मिनेटमा सेबास्टियन बर्हाल्टरले गोल फर्काएर अमेरिकाले फेरि बराबरीमा ल्याएको छ।
यसअघि अमेरिकाका लागि अस्टिन ट्रस्टीले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए। यो गोल सँगै अग्रता लिएको अमेरिकालाई टर्कीले गोल फर्काएको थियो।
खेलको १० औं मिनेटमा टर्कीका अर्दा गुलरले टिमका लागि गोल फर्काएका हुन्। यसपछि बराबरीमा खेलिरहेका बेला टर्कीका ओर्कुन कोक्कुले खेलको ३१औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता बनाएका थिए। यस्तै खेलको ४९औं मिनेटमा सेबास्टियन बर्हाल्टरले गोल फर्काएर अमेरिकाले फेरि बराबरीमा ल्याएको हो।
अहिले अमेरिका टर्की २-२ गोलको बराबरीमा खेलिरहेका छन्।
प्रकाशित: १२ असार २०८३ ०९:०८ शुक्रबार





