उरुग्वे फिफा विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएको छ।
पहिलो हाफको अन्त्यतिर एलेक्स बाइनाको गोलले स्पेनका लागि समूह 'एच' मा शीर्ष स्थान सुरक्षित गरेपछि उरुग्वे समूह चरणबाटै बाहिरिएको हो।
ग्वाडालजारा स्टेडियममा सम्पन्न उरुग्वे र स्पेनबीचको उक्त खेलको पहिलो हाफ सकिँदा स्पेनले १–० गोलको अग्रता लिएको थियो।
खेलको ४२ औं मिनेटमा एलेक्स बएनाले गोल प्रहार गर्दै स्पेनलाई अग्रता दिलाएका थिए।
त्यसपछि दुवै टोलीको तर्फबाट थप गोल हुन सकेन।
प्रकाशित: १३ असार २०८३ ०८:१६ शनिबार





