२९ असार २०८३ सोमबार
image/svg+xml
खेल

फिफा विश्वकप : इराकमाथि सेनेगलको सानदार जित

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा सेनेगलले इराकविरुद्ध ५–० गोलअन्तरको फराकिलो जित निकालेको छ।

यो जितसँगै समूह ‘आई’ मा ३ खेलबाट ३ अंक जोडेको सेनेगल तेस्रो स्थानमा रहेर अघि बढ्ने सम्भावना बलियो बनाएको छ।

टोरन्टो रंगशालामा सम्पन्न उक्त खेलको चौथो मिनेटमै हबिब डियराले गोल प्रहार गर्दै सेनेगललाई अग्रता दिलाएका थिए। त‍यसपछि ५६ औं मिनेटमा इस्माइला सारले गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्‍याएका थिए।

त्यसपछि खेलको ५९ औं र ७१ औं मिनेटमा पापे गुइएले दुई वटा गोल गरे। त्यसपछि ८२ औं मिनेटमा इलिमान एनडिएले टिमका लागि पाँचौं गोल गरेका थिए।

सेनेगल विश्वकपमा एकै खेलमा ५ गोल प्रहार गर्ने पहिलो अफ्रिकी टिमसमेत बनेको छ। यस्तै, खेलको १३औं मिनेटमा इराकका रेबिन सुलाकाले रेड कार्ड पाएका थिए।

प्रकाशित: १३ असार २०८३ ०६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App