फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा उज्बेकिस्तानविरुद्ध कंगो डीआरले अग्रता बनाएको छ।
एटलान्टा रंगशालामा जारी ७८औं मिनेटमा फिस्टन मेलेले गोल गरेर कंगो डीआरलाई २-१ को अग्रता दिलाएका हुन्। यस्तै, खेलको ६८औं मिनेटमा कंगोकै योवान विसाले पेनाल्टीमार्फत गोल प्रहार गरेर टिमलाई बराबरीमा पुर्याएका थिए।
यसअघि खेलको १०औं मिनेटमा नै उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।
प्रकाशित: १४ असार २०८३ ०७:०२ आइतबार





