२१ असार २०८३ आइतबार
image/svg+xml
खेल

फिफा विश्वकप : इतिहास रचेको केप भर्डेले अर्जेन्टिनाको सामना गर्ने

केप भर्डेले साउदी अरेबियासँग बराबरी खेलेर फिफा विश्वकप २०२६ को नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ।

केप भर्डे १९९८ मा चिलीपछि विश्वकपको समूह चरणमा तीनै खेल बराबरी गरेर अर्को चरणमा पुग्ने पहिलो टोली बनेको छ।

केप भर्डेले यो विश्वकपमा एक पनि खेल हारेको छैन। लिग चरणमा समूह 'एच'मा दोस्रो स्थानमा केप भर्डे रह्यो छ भने साउदी अरेबिया अन्तिम स्थानमा छ।

केप भर्डेको अर्को खेल जुलाई ४ मा वर्तमान विश्व च्याम्पियन अर्जेन्टिनासँग हुने भएको छ। अर्जेन्टिना र केप भर्डे बीचको राउन्ड अफ ३२ खेल मियामीको हार्ड रक स्टेडियममा हुने तय भएको हो। खेल जुलाई ४ मा बिहान ३:४५ बजे खेलिनेछ।

प्रकाशित: १३ असार २०८३ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App