६ असार २०८३ शनिबार
image/svg+xml
खेल

फिफा विश्वकप : हाइटीविरुद्ध ब्राजिलको शानदार जित

फिफा विश्वकपमा शुक्रबार हाइटीविरुद्ध ब्राजिलले शानदार जित निकालेको छ।

फिलाडेल्फिया स्टेडियममा सम्पन्न समूह सी को यो खेलमा हाइटीविरुद्ध ब्राजिलले ३-० को गोलको अन्तरले जित निकालेको हो।

खेलको ४५ प्लस ३ मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल गर्दै ब्राजिलको अग्रता कायमै गरेका थिए। यसैगरी, खेलको ३६औँ र २३औँ मिनेटमा फरवार्ड म्याथ्यूस कुन्हाले दोस्रो र पहिलो गोल गरेर ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।

यी दुई टोली अन्तिम पटक २०१६ कोपा अमेरिकामा भेटेका थिए, जहाँ ब्राजिलले हाइटीलाई ७-१ को विशाल अन्तरले पराजित गरेको थियो। विश्वकप इतिहासमा यी दुई टोली पहिलो पटक आमनेसामने भएका थिए।

प्रकाशित: ६ असार २०८३ ०८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App