टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। विस्फोटक ब्याटर कुशल मल्ल मात्र ४ रन बनाएर पेभिलियन फर्किएपछि नेपाल थप दबाबमा परेको हो।
नेपालले ९.५ ओभरमा ५३ रनको स्कोरमा तेस्रो विकेट गुमाएको हो। ९ बलको सामना गरेका कुशलले ४ रन मात्र जोड्न सके।
कप्तान रोहित पौडेल आउट भएपछि क्रिजमा आएका मल्लबाट ठूलो इनिङ्सको अपेक्षा गरिए पनि उनी लामो समय टिक्न सकेनन्।
यसअघि नेपालले ओपनर आसिफ शेख र कप्तान रोहित पौडेललाई गुमाइसकेको छ।
लगातार विकेट गुमाएपछि नेपालको रन गतिमा अंकुश लागेको छ। कुशल मल्लको स्थानमा अब सन्दीप जोरा क्रिजमा आएका छन्।
उनले अर्का ब्याटर कुशल भुर्तेलसँग साझेदारी गर्दै नेपालको इनिङ्स उकास्ने प्रयास गर्नेछन्।
प्रकाशित: २२ आश्विन २०८२ २१:३१ बुधबार





