२ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

गोल्डेन बुटमा रोमाञ्चक दौड : मेस्सी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड

२०२६ को फिफा विश्वकपमा नकआउट चरण जारी रहँदा प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्ने लडाईँ तीव्र हुँदै गइरहेको छ।

अर्जेन्टिनाका महान खेलाडी लियोनेल मेस्सीले फ्रान्सेली सुपरस्टार केलियन एमबाप्पेसँग प्रतिस्पर्धा गरिरहेका छन् भने नर्वेका एर्लिङ हालान्ड र ब्राजिलका भिनिसियस जुनियरले उनीहरुलाई पछ्याइरहेका छन्।

फ्रान्सका एम्बाप्पे ६ गोल र २ असिस्टसहित गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन्। अर्जेन्टिनाका मेस्सीले पनि ६ गोल गरेका छन्, तर उनले अहिलेसम्म कुनै असिस्ट नगरेका कारण दोस्रो स्थानमा छन्।

प्रतियोगिताको अन्त्यमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई फिफाको गोल्डेन बुट प्रदान गरिन्छ। यदि प्रतियोगिताको अन्त्यमा दुई खेलाडीको गोल सङ्ख्या बराबर छ भने सबैभन्दा धेरै असिस्ट गरेको खेलाडीले पुरस्कार जित्नेछ। यदि ती टाइब्रेकरहरूले दुई खेलाडीलाई छुट्याउन सकेनन् भने कम से कम मिनेटमा आफ्नो गोल र असिस्ट पूरा गर्ने खेलाडिलाई गोल्डेन बुट दिइन्छ।

२०२६ को विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी को हुन् ?

केलियन एमबाप्पे (फ्रान्स) – ६ गोल, २ असिस्ट

लियोनेल मेस्सी (अर्जेन्टिना) – ६ गोल, ० असिस्ट

एर्लिङ हालान्ड (नर्वे) – ५ गोल, ० असिस्ट

उस्मान डेम्बेले (फ्रान्स) – ४ गोल, २ असिस्ट

भिनिसियस जुनियर (ब्राजिल) – ४ गोल, १ असिस्ट

एमबाप्पे, ह्यारी केन र जेम्स रोड्रिगेज सबै दोस्रो पटक सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने लक्ष्यमा छन्।

इङ्गल्याण्डका केनले २०१८ मा रूसमा यो अवार्ड जितेका थिए भने कोलम्बियाका रोड्रिगेज २०१४ मा ब्राजिलमा सर्वाधिक गोलकर्ता थिए।

अहिलेसम्म कुनै पनि खेलाडीले एक पटक भन्दा बढी यो पुरस्कार जितेका छैनन्।

के क्रिस्टियानो रोनाल्डोले यस वर्ष गोल्डेन बुट जित्न सक्लान्?

पोर्चुगिज अनुभवी खेलाडीले यस प्रतियोगितामा दुई गोल गरेका छन्। दुवै गोल समूह चरणमा उज्बेकिस्तानमाथि ५–० को जितमा भएका थिए।

प्रतियोगितामा अगाडि बढ्दै जाँदा रोनाल्डोले पनि अझै गोल गर्दै यो उपाधी हात पार्न सक्छन्।

एउटै विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी

फ्रान्सेली फरवार्ड जस्ट फन्टेनले १९५८ मा स्वीडेनमा भएको प्रतियोगितामा अविश्वसनीय १३ गोल गरेपछि यो रेकर्ड बनाएका थिए।

सन् १९५४ मा स्विट्जरल्याण्डमा भएको प्रतियोगितामा स्यान्डर कोक्सिसले ११ गोल ​​गरेका थिए भने पश्चिम जर्मनीका गर्ड मुलरले १९७० मा मेक्सिकोमा भएको विश्वकपमा १० गोल गरेका थिए।

फिफा विश्वकपको इतिहासमा सबैभन्दा धेरै गोल

लियोनल मेस्सी (अर्जेन्टिना) – १९

केलियन एमबाप्पे (फ्रान्स) – १८

मिरोस्लाभ क्लोस (जर्मनी) – १६

रोनाल्डो (ब्राजिल) – १५

गर्ड मुलर (पश्चिम जर्मनी) – १४

प्रकाशित: १७ असार २०८३ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App