१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

इडब्लुभिएल:कर्णालीको अपराजित यात्रा कायमै

कर्णाली यशविसले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)मा काठमाडौं स्पाईकर्सलाई हराउँदै आफनो अपराजित यात्रालाई कायमै राखेको छ।  

सोमबार पोखराको कभर्डहलमा भएको खेलमा कर्णालीले काठमाडौंलाई सोझो सेटमै हराउँदै खेलमा जित हासिल गर्‍यो।

पहिलो सेटमा कर्णालीले काठमाडौंलाई २५- २२ ले हरायो। निकै रोमान्चक बनेको खेलको दोस्रो सेटमा कर्णालीलै २९- २७ ले नतिजा आफनो पक्षमा पार्‍यो। तेस्रो सेटमा काठमाडौंलाई २८- २६ ले पराजित गर्दै  

कर्णालीले खेललाई आफनो पक्षमा पार्‍यो।

काठमाडौंले मधेस यूनाईटेडलाई हराउँदै आफनो पहिलो जित दर्ता गरेको थियो। कर्णालीले मगंलबार मधेस यूनाईटेडको सामना गर्छ भने बुधबार काठमाडौंले पोखरा निन्जाजसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २३ भाद्र २०८२ १५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App