एर्लिङ हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ५० गोल पूरा गर्ने खेलाडी बनेका छन्।
उनले गए राति भएको खेलमा नापोलीविरुद्ध खेलको ५६औँ मिनेटमा गोल गर्दै च्याम्पियनस लिगमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी बनेका हुन्। उनले आफ्नो ४९ च्याम्यिनसिप लिगको खेलमा यो कीर्तिमान रचे।
नापोलीका कप्तान जियोभानी डी लोरेन्जले रातो कार्ड पाएपछि नापोली १० खेलाडीमा सीमित थियो। सो खेलमा म्यानचेष्टर सिटिले नापोलीलाई २-० ले हराएको थियो।
प्रकाशित: ३ आश्विन २०८२ १३:२९ शुक्रबार





