११ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

नेपालका आठ क्रिकेटरले इयू टी-२० बेल्जियम लिग खेल्ने

नेपालका आठ जना क्रिकेटर इयू टी-२० बेल्जियम लिगका लागि छनाेट भएका छन।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडैलेदेखि उपकप्तान दीपेन्द्र सिंह ऐरीसम्मले पहिलो पटक हुन लागेको बेल्जियम टी-२० लिग खेल्न लागेका हुन्।

कप्तान रोहित पौडेल गेन्ट ग्लेडिएटर्समा अनुबन्ध भएका छन्। त्यस्तै, उपकप्तान दिपेन्द्र जेबी ब्रुग्समा अनुबन्ध भएका छन्। सोही क्लबमा ललितनारायण राजवंशी, गुल्सन झा, अनिल साह र इशान पाण्डे अनुबन्ध छन्। 

आसिफ शेख भने एन्टवर्प एन्कर्समा अनुबन्ध हुदा सन्दीप लामिछाने लिज रेड लायन्समा अनुबन्ध छन। बेल्जियमको ब्रसेल्समा हुने लिग जुन ६ देखि १४ सम्म चल्ने छ।

प्रकाशित: ११ चैत्र २०८२ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App