१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

दीपेन्द्र सिंह ऐरी १७ रनमा बोल्ड, नेपाललाई चौथो झड्का

आइसीसी टी–२० विश्वकप अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ।

मध्यक्रममा आरिफ शेखसँग मिलेर इनिङ्स उकास्ने प्रयास गरिरहेका दीपेन्द्र सिंह ऐरी पेभेलियन फर्किएका छन्।

इनिङ्सको १४ औं ओभरको पाँचौं बलमा दीपेन्द्र आउट भए। उनलाई इटालीका बलर क्रिशन कालुगामेगेले बोल्ड गरेका हुन्। कालुगामेगेको यो व्यक्तिगत दोस्रो विकेट हो।

आउट हुनुअघि दीपेन्द्रले १८ बलको सामना गर्दै १७ रन बनाए। उनले आफ्नो इनिङ्समा कुनै पनि चौका वा छक्का प्रहार गर्न सकेनन्।

प्रकाशित: २९ माघ २०८२ १६:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App