१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

खस्कियो दीपेन्द्रको वरियता, चौथो स्थानमा झरे

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी आइसिसी टी-२० आई अलराउन्डर वरियतामा चौथो स्थानमा झरेका छन्।

बुधबार आइसिसीले सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र टी- २ आई अलराउन्डरको चौथो स्थानमा पुगेका हुन्।

भारतका हार्दिक पान्डेया पहिलो स्थानमा रहँदा अफगानिस्तानका मोहम्म्द नाबी दोस्रो स्थानमा छन्।  

त्यसैगरी, जिम्बाबेका सिकन्दर राजा तेस्रो स्थानमा छन्। आइसिसी टि-२० आई अलराउन्डर वरियतामा दीपेन्द्रले दोस्रो स्थान समेत हासिल गरेका थिए।

प्रकाशित: १ आश्विन २०८२ १६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App