१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

भ्रष्टाचारीहरुलाई सजाय दिन नेमकिपालाई भोटः बिजुक्छें

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले भ्रष्टाचारीहरुलाई सजाय दिन आफनो पार्टीलाई भोट दिन अनुरोध गरेका छन्। सोमबार भक्तपुरमा आयोजित अन्तिम चुनावी सभामा सम्बोधन गर्दै बिजुक्छेंले संविधान शंशोधन गरी भ्रष्टाचारीहरुलाई मृत्युदण्डसम्मको सजाय दिलाउन आफना उम्मेदवारहरुलाई जिताउनुपर्ने बताए।  

जनसभामा बिजुक्छेंले भ्रष्टाचारलाई मात्रै पनि न्युनीकरण गर्न सके देश वन्ने दावी गरे। ठूला भ्रष्टाचारीहरुलाई मृत्युदण्ड र त्यो भन्दा कमका भ्रष्टाचारीहरुको सम्पती सरकारीकरण गर्ने उनको भनाई छ।  

उनले भक्तपुर एउटा मात्रै भ्रष्टाचारमुक्त नगरपालिका रहेको दावी गरे। उनले देश र जनताको निःस्वार्थ सेवा गरौं, समाजवादी प्रचार अभियान सफल बनाऔ, पार्टीको निर्वाचनको मुख्य नारा रहेको जनाए। पार्टीले देश र जनताको निःस्वार्थ सेवाका लागि समाजवादी प्रचार अभियानलाई थप सशक्त बनाउन मत मागेको उनले बताए।  

यस्तै, भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले अहिलेको निर्वाचन मुख्य दुई विचारका पार्टी मात्रै पार्टी चुनावी प्रतिस्पर्धामा रहेको दाबी गरे। अहिले घरघर, टोलटोल, ठाउँंठाउँंमा फरकफरक नामका पार्टी र झण्डा बोकेर निर्वाचनमा भोट माग्न आउने गरे पनि निर्वाचनपछि प्रधानमन्त्री, मन्त्री पद खान गठबन्धन गर्ने गरेको उनको भनाइ छ ।

प्रकाशित: १८ फाल्गुन २०८२ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App