नेपाली कांग्रेसले पार्टी बहुमततर्फ अग्रसर भएको दाबी गरेको छ।
पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गरे।
उनले भने, “पार्टी नेतृत्वको अगुवाइमा सुदृढ प्रचार र जनताको अभूतपूर्व समर्थनले पार्टीलाई बहुमतको दिशातर्फ लैजाँदैछ। छोटो समयमा पार्टीले चालेको अभ्यास र नवयुवाको परिवर्तनको चाहनालाई मूर्तरूप दिन सबै तहबाट प्राप्त साथले ‘बदलिएको कांग्रेस, बदल्छौँ देश’ भन्ने हाम्रो नारा व्यवहारिक रूपमा सफल भएको छ।”
चालिसेका अनुसार पार्टी नेतृत्वमा गगन थापा आएपछि विगतमा निष्क्रिय बनेका र पार्टी छाडेर गएकाहरू पनि फर्किन थालेका छन्। देशभर कांग्रेसप्रति सकारात्मक लहर देखिएको उनको दाबी छ।
कांग्रेसको यो दाबीले निर्वाचनपछिको सत्ता समीकरणबारे राजनीतिक बहसलाई थप तातो बनाएको छ।
प्रकाशित: १८ फाल्गुन २०८२ १७:५८ सोमबार





