नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी आईसीसी टी-२० अलराउन्डर वरीयतामा यथावत स्थानमा रहेका छन्।
बुधबार आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा उनी छैटौँ स्थानमा यथावत छन्। उनले हालै इंल्यान्डविरुद्धको खेलमा ४४ रन बनाएका थिए ।
टी-२० अलराउन्डरको शीर्ष वरियातामा जिम्बाब्बेका सिकन्दर राजा पहिलो स्थानमा उक्लिएका छन्। त्यस्तै, पाकिस्तानमा सयम अयुब दोस्रो स्थानमा छन्।
भारतका हार्दिक पान्डेया तेस्रो स्थानमा रहँदा वेस्ट इन्डिजका रोस्टन चेज चौथौ स्थानमा छन्। वरीयाता अनुसार पाकिस्तानका मोहम्मद नवाज पाँचौ स्थानमा छन्।
प्रकाशित: २८ माघ २०८२ १७:०४ बुधबार





