४ श्रावण २०८३ सोमबार
image/svg+xml
खेल

इलाम गोल्डकपको दोस्रो दिन: रोलिङ धुलाबारीले फिदिमलाई हरायो

सदरमुकामको ठूलो टुँडिखेलमा जारी जारी तेस्रो संस्करणको इलाम गोल्डकपमा झापा धुलाबारीको रोलिङ क्लब सेमीफाइनल प्रवेश गरेको छ । दोस्रो क्वार्टरफाइनलमा फिदिम स्पोर्टिङ क्लबलाई ३–० गोलान्तरले पाखा लगाउँदै रोलिङ सेमीमा उक्लिएको हो ।

राष्ट्रिय खेलाडीले भरिएको रोलिङले खेलको सुरुदेखि नै फिदिमलाई दबाबमा राख्यो । र, पहिलो हाफमै २–० को अग्रता बनायो । झापाका प्रतापसिंह राईले २३औं मिनेटमा फ्रिकिकमार्फत् गोल गरे । त्यसको एक मिनेट नबित्दै रोलङकै निरज कार्कीले अर्को गोल थपे ।

पहिलो हाफ १ गोल गरेको रोलिङ दोस्रो हाफमा अर्को गोल थप्दै विजयनजिक पुग्यो । रोलिङका अरुण मेचेले तेस्रो गोल गरे । फिदिमले खेलको ७६औं मिनेटमा पेनाल्टी अवसर पाएपनि सदुपयोग गर्न सकेन । सुशील लावतीमाथि डिबक्सभित्र फाउल भएपछि पाएको पेनाल्टीलाई हेमन तुम्बापोले प्रहार गरेपनि झापाका बलरक्षकले रोकिदिए ।

खेलको म्यान अफ् दि म्याच झापाका प्रतापसिंह राई घोषित भए । उनले नगद ८ हजार १ सयसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताअन्तर्गत सोमबार ए–डिभिजन क्लब मच्छिन्द्र र विदेशी टोली मलेसियाको एन–पेनाङबीच दोस्रो क्वार्टरफाइनलमा भेट हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछन् । रेडहर्स फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको फाइनल वैशाख १२ मा हुनेछ ।

प्रकाशित: ६ वैशाख २०८३ १९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App