९ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गर्न सङ्कटाको माग

सङ्कटा फुटबल क्लबले राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन गर्न माग गरेको छ।  

क्लबले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष इद्रमान तुलाधरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतियोगिता स्थगित गर्दा लगानी जोखिममा परेको बताए।

यही चैत ५ गते अध्यागमन विभागले श्रम स्वीकृति बिना विदेशी खेलाडीलाई सहभागी नगराउनुु भन्दै एन्फालाई पत्र काटेपछि एन्फाले राजधानीमा चलिरहेको राष्ट्रिय पुरुष लिग र महिला फुटबल प्रतियोगिता अर्को सूचना जारी नगरुन्जेलसम्म स्थगित गरेको थियो। सङ्कटाले भने आफ्नो क्लबमा विदेशी खेलाडीहरूको श्रम स्वीकृति प्रक्रिया पूरा गरी एन्फलाई बुझाएको अध्यक्ष तुलाधरको भनाइ छ।  

हालको आर्थिक भार, प्रतियोगिता अनिश्चित तथा व्यवस्थापनमा देखिएको चुनौतीले क्लबलाई प्रत्यक्ष असर परेको छ। त्यसैले सम्बन्धित निकाय तथा सरोकार पक्षले विशेष ध्यान दिन आवश्यक रहेको क्लबको भनाइ छ।  

प्रतियोगिता यथाशीघ्र सञ्चालन गर्न, विदेशी खेलाडीको श्रम स्वीकृति तत्काल प्रदान गर्न माग गरेको छ।

प्रकाशित: ९ चैत्र २०८२ १६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App