बार्सिलोनाका युवा मिडफिल्डर गाभी लामो समयको चोटपछि मैदानमा फर्किने भएका छन्।
प्रशिक्षक हान्सी फ्लिकले गाभीले आइतबार ला लिगामा सेभिल्लाको सामना गर्ने बताएका छन्।
२१ वर्षीय उनलाई अगस्टमा घुँडामा गम्भीर चोट लागेको थियो। 'यो खुसीको खबर हो उनी फर्किएका छन्,' प्रशिक्षक फ्लिकले पत्रकारसँग भने, 'खुसी छु, उनलाई फिर्ता पाउनु राम्रो हो र तपाईंले प्रशिक्षणमा उनको गतिशीलता देख्न सक्नुहुन्छ।'
बार्सिलोनाले रियल म्याड्रिडमाथि चार अंकको अग्रता लिएको छ। उसले शनिबार एल्चेको सामना गर्दैछ र च्याम्पियन्स लिगमा बुधबार न्यूक्यासलको सामना गर्दैछ।
प्रकाशित: १ चैत्र २०८२ १२:५७ आइतबार





