२८ मंसिर २०८२ आइतबार
image/svg+xml
खेल

चितवनलाई सुरुवाती झड्का, ५ रन बनाएर पेभेलियन फर्किए दीपक

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी १२ औं खेलमा चितवन राइनोजले पहिलो विकेट गुमाएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको चितवनका ओपनर दीपक बोहोरा सस्तैमा आउट भएका हुन्।

विराटनगर किंग्सविरुद्धको खेलमा बोहोराले ५ बलको सामना गर्दै १ चौका मद्दतमा ५ रन मात्र बनाउन सके।

उनलाई विराटनगरका विदेशी बलर मार्चन्ट डी लांगेले १.३ ओभरमा विकेटकिपर लोकेश बमको हातबाट क्याच आउट गराएका हुन्।

चितवनले १७ रनको स्कोरमा आफ्नो पहिलो विकेट गुमाएको हो। अहिले क्रिजमा डाविड मलान र देव खनाल ब्याटिङ गरिरहेका छन्। मलान आक्रामक लयमा देखिएका छन्।

प्रकाशित: १० मंसिर २०८२ १६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App