१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

च्याम्पियन्स लिग फाइनल : आर्सनल र पिएसजी भिड्दै

युइएफए च्याम्पियन्स लिगको फाइनलमा शनिबार आर्सनल र पेरिस सेन्ट जर्मेन (पिएसजी) आमनेसामने हुँदैछन्।

हंगेरीको बुडापेस्टमा हुन लागेको खेल नेपाली समयअनुसार ९ः४५ बजेबाट सुरु हुनेछ।

आर्सनल सन् २००६ पछि पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो भने साविक विजेता पिएसजी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ।

यो सिजनमा पिएसजीले १६ खेलमा सर्वाधिक ४४ गोल गरेको छ भने २२ गोल खाएको छ। उता,आर्सनलले भने १४ खेलमा २९ गोल गरेको छ भने ६ गोल मात्र खाएको छ। प्रतियोगितामा आर्सनलले एक खेल पनि हारेको हारेको छैन।

यसअघि प्रिमियर लिग उपाधि जित्ने क्रममा आर्सनलले ३८ खेलमा ६९ गोल गरेको थियो भने २६ गोल खाएको थियो।

पिएसजीका प्रमुख डिफेन्डर अशरफ हाकिमी फाइनल गुमाउने सम्भावना छ। गोलरक्षक लुकास शेभालिए पनि तिघ्राको चोटका कारण खेल खेल्नेबारे अन्योल छ।

आर्सनलका बेन ह्वाइट अनुपस्थित रहनेछन् भने युरियन टिम्बर पछिल्ला आठ सातादेखि मैदानबाहिर रहेका कारण फाइनलको सुरुआती टोलीमा पर्ने सम्भावना निकै कम छ।

आर्सनल प्रिमियर लिग उपाधि जितिसकेको आत्मविश्वासका साथ फाइनलमा उत्रनेछ। पिएसजी पनि लगातार दोस्रो उपाधि जित्ने दाउमा छ।

प्रकाशित: १६ जेष्ठ २०८३ १२:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App