१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

कप्तान रोहित पौडेल १६ रनमा आउट

टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको छ।

रोहित १६ रन बनाएर पेभिलियन फर्किएका हुन्।

नेपालले ७.२ ओभरमा ४६ रनको स्कोरमा दोस्रो विकेट गुमाएको हो। क्रिजमा आएदेखि नै आक्रामक देखिएका रोहितले १५ बलको सामना गर्दै ३ चौकासहित १६ रन जोडे।

ओपनर आसिफ शेख सस्तैमा आउट भएपछि कुशल भुर्तेलसँग साझेदारी गरिरहेका रोहित आउट भएपछि नेपाललाई दोस्रो झट्का लागेको हो।

रोहितको स्थानमा अब विस्फोटक ब्याटर कुशल मल्ल क्रिजमा आएका छन्। उनले कुशल भुर्तेलसँग मिलेर नेपालको इनिङ्स अगाडि बढाउनेछन्।

प्रकाशित: २२ आश्विन २०८२ २१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App