९ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

कप्तान रोहित पौडेल १ रनमै आउट

टी-२० विश्वकप एसिया छनोट सुपर सिक्स अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले लगातार दोस्रो विकेट गुमाएको छ।

ओपनर आसिफ शेख आउट भएको केही बेरमै कप्तान रोहित पौडेल पनि सस्तैमा पभेलियन फर्किएका छन्।

कप्तान पौडेल मात्र २ बल खेलेर १ रनमा आउट भए। आसिफ शेख आउट भएपछि क्रिजमा आएका उनी लामो समय टिक्न सकेनन्।

राम्रो सुरुवात गरेको नेपालले लगातार दुई विकेट गुमाएपछि दबाबमा आएको छ।

रोहितको स्थानमा अब दीपेन्द्रसिंह ऐरी ब्याटिङका लागि क्रिजमा आएका छन्। अर्को छेउमा कुशल भुर्तेलले नेपालको इनिङ्स सम्हालिरहेका छन्।

प्रकाशित: २९ आश्विन २०८२ २१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App