१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

क्यानले माग्यो महिला राष्ट्रिय टोलीको लागि मुख्य प्रशिक्षक

नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय टोलीको लागि मुख्य प्रशिक्षको आवेदन माग गरेको छ।

क्यानले शनिबार बिहान महिला टोलीका लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको छ। क्यानको अनुसार मुख्य प्रशिक्षकको आवेदन दिन इसिबीरसीए लेभल–३ को कोर्ष प्राप्त गरेको हुनुपर्ने बताएको छ। त्यस्तै, कम्तीमा पाँच वर्षको व्यावसायिक क्रिकेको अनुभव भएको व्यक्तिले आवेदन दिन पाउने छन्।

यो आवेदन दिने अवधि अक्टोबर २५ गतेसम्म रहेको छ। क्यानले महिला विश्वकप छनोटलाई मध्यनजर गर्दै महिला टोलीका लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको हो।

नेपालले यही जनवरीमा घरेलु मैदानमै टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ।

प्रकाशित: २५ आश्विन २०८२ ११:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App