१८ कार्तिक २०८३ बुधबार
image/svg+xml
खेल

एनपिएलबाट क्यानलाई नौ करोड बचत

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणबाट उल्लेख्य आम्दानी भएपछि क्यानले ठूलो रकम बचत गर्न सफल भएको छ।  

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार प्रतियोगिताबाट कुल करिब ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी भएको देखिएको छ। प्रतियोगिता सञ्चालनका लागि करिब २१ करोड ९६ लाख रुपैयाँ खर्च गरिएको थियो।

यस आधारमा प्रारम्भिक रूपमा करिब २५ करोड ४० लाख रुपैयाँ नाफा देखिएको थियो। उक्त रकममध्ये आधा अर्थात् करिब १६ करोडभन्दा बढी रकम सहभागी ८ फ्रेन्चाइज टोलीहरूलाई बाँडफाँट गरिएको जनाइएको छ।

फ्रेन्चाइजलाई हिस्सा वितरण गरेपछि पनि क्यानले करिब ९ करोड २१ लाख रुपैयाँ बचत गर्न सफल भएको छ।

यो नतिजाले नेपाल प्रिमियर लिग व्यावसायिक रूपमा पनि सफल बन्दै गएको संकेत गरेको छ। क्रिकेट विकाससँगै आर्थिक रूपमा पनि प्रतियोगिता मजबुत बन्दै गएको क्यानको निष्कर्ष छ।

प्रकाशित: २३ चैत्र २०८२ २०:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App