नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सले पावरप्लेको समाप्तिमा १ विकेट गुमाएर ४६ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरलाई जितका लागि अब ८४ बलमा ११२ रन आवश्यक छ। क्रिजमा इमरान शेख १८ बलमा २ चौकासहित १६ रन र चरिथ असालंका ४ बलमा ३ रन बनाएर खेलिरहेका छन्।
विराटनगरले पहिलो विकेटका रूपमा विस्फोटक सुरुवात गरेका ओपनर लोकेश बमलाई गुमाएको छ। आक्रामक देखिएका लोकेशले १४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २६ रन बनाए। उनलाई ४.३ ओभरमा ४० रनको कुल स्कोर हुँदा रञ्जित कुमारको बलमा विवेक यादवले क्याच आउट गरेका हुन्।
चितवनका लागि बलिङतर्फ रञ्जित कुमारले १ ओभरमा २ रन दिएर १ विकेट लिए। यस्तै, रिजन ढकालले २ ओभरमा २२ रन, टम टेलरले २ ओभरमा १८ रन र ड्यान मौस्लेले १ ओभरमा ४ रन खर्चिएका छन्।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो।
चितवनका लागि ओपनर डेविड मलानले ५० बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७० रनको इनिङ्स खेले।
यस्तै, कप्तान रवि बोपाराले २६ बलमा अविजित ३२ र ड्यान मौस्लेले २२ बलमा अविजित २९ रन जोडेका थिए। देव खनालले १२ र अर्जुन साउदले ३ रन बनाए।
विराटनगरका बलर आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र चरिथ असालंकाले समान १-१ विकेट लिएका थिए।
प्रकाशित: १० कार्तिक २०८३ १५:०५ मंगलबार





