२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
खेल

विराटनगरको बिर्सनलायक सुरुवात, ६ रन जोड्दा ३ विकेट पतन

लुम्बिनी लायन्सले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर किङ्सले जवाफी ब्याटिङमा निकै खराब सुरुवात गरेको छ।

इनिङ्सको सुरुवाती ९ बलभित्रै विराटनगरले आफ्ना प्रमुख ३ विकेट गुमाएको हो।

खेलको १.३ ओभर मात्र सकिँदा विराटनगरको स्कोरबोर्डमा ६ रन छ भने ३ महत्वपूर्ण विकेट पतन भइसकेका छन्।

लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यानले पहिलो ओभरमै तहल्का मच्चाए। उनले ओभरको पाँचौँ बलमा मार्टिन गप्टिल (२ रन) र अन्तिम बलमा लोकेश बम (० रन) लाई आउट गराउँदै एकै ओभरमा दुई विकेट लिए।

लगत्तै दोस्रो ओभर बलिङ गर्न आएका शेर मल्लले तेस्रो बलमा विराटनगरका अर्का स्टार खेलाडी फाफ डु प्लेसिसलाई ३ रनमा बोल्ड आउट गर्दै टोलीलाई ठूलो दबाबमा पारेका छन्।

अहिले क्रिजमा साम हेजलेट १ रन बनाएर खेलिरहेका छन्।

प्रकाशित: २५ मंसिर २०८२ १७:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App