निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा ६६ राजनीतिक दल र उम्मेदवारसँग स्पष्टीकरण मागेको छ । जसमध्ये सोमबारसम्ममा ३२ वटा उजुरीमा दल र तथा उम्मेदवारले जवाफ दिएको आयोगले जनाएको छ ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेको ६६ वटा उजुरीका आधारमा सम्बन्धित दल तथा उम्मेदवारलाई आयोगले स्पष्टीकरण सोधेको हो । आयोगमा ३२ वटा उजुरीको जवाफ आएपनि अन्यको भने अध्ययन तथा भइरहेको आयोगले जनाएको छ ।
आचारसंहिता उल्लङ्घन गरेको भन्दै राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारविरुद्ध उजुरी परेका छन्। जिल्लास्तरमा समेत आचारसंहिता उल्लङ्घनका उजुरी प्राप्त भएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।
प्रकाशित: ४ फाल्गुन २०८२ १८:१९ सोमबार





