२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

विराटनगरको पाँचौँ विकेट गुम्यो, कर्णालीका बलर हाबी

नेपाल प्रिमियर लिग(एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा १६१ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सको ब्याटिङ अर्डर धरासायी हुँदै गएको छ। ब्याटिङ गर्न कठिन देखिएको पिचमा कर्णाली याक्सका बलर हाबी भएपछि विराटनगर कठिन अवस्थामा पुगेको छ।  

हालसम्मको खेलमा विराटनगरले पाँच विकेट गुमाइसकेको छ। १२ औँ ओभरमा बलिङ गर्न आएका गुल्शन झाले एकै ओभरमा विराटनगरका दुई विकेट झार्न सफल भए।  

१३ ओभरको खेल चलिरहँदा अहिले विराटनगर पाँच विकेटको क्षतिमा ७१ रनमा खेलिरहेको छ। 

प्रकाशित: १२ मंसिर २०८२ १८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App