बेलमोन्ट र न्युटनले आइतबार १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ जित हात पारेका छन्।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा बेलमोन्टले वसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई १९–१७ ले हरायो। बेलमोन्टको जितमा समीक्षा मगरले ८ अंक बनाइन्। इरिन राणाको ६ अंक सहयोगमा न्युटनले ल्यान्डमार्कलाई २०–१७ ले हरायो। सिनियर गल्र्समै इडेन ब्रिज एकेडेमी (इबिए) ले क्यानभास बसन्त ऋतुलाई १५–८, तेजस्वीले टिआइएलाई १८–१२ र केभिकेएसएसले गण्डकीलाई २३–१३ ले पाखा लगाए। इबिएकी अनामिका पटेलले ६, तेजस्वीकी एस्थर बरुवालले १२ र केभिकेएसएसकी खुसी मिटोकले ११ अंक बटुले।
जुनियर ब्वाइजमा हिमालयनले ज्ञानभूमिलाई १४–१३, एन्जल्स हार्टले तेजस्वीलाई ४२–३२, पारामाउन्ट एकेडेमीले ज्ञान संस्कारलाई २४–१५, जेबी स्कुलले आयोजक ग्रिनल्यान्डलाई १७–१३, न्युटनले फ्युजनलाई ३२–२० र लालीगुराँस नेसनल एकेडेमीले भ्याली पब्लिकलाई २७–१६ ले पन्छाए।
हिभालयनका दीपेन तामाङले ६, एन्जल्स हार्टका रेहान क्षेत्रीले १२, पारामाउन्टका सुदीप घलेले ७, जेबी स्कुलका गौरव ओलीले ७, न्युटनका दिवस मगरले १३ र लालीगुराँसका मन्सुब गुरुङले १२ अंक जोडे। सिनियर ब्वाइजमा न्युटनले सेवा सदनलाई ५७–४२ तथा गण्डकीले जिनियस वल्र्डलाई ३९–३३ ले पराजित गरे। न्युटनका उज्ज्वल श्रेष्ठले २० तथा गण्डकीका विजय घलेले ११ स्कोर गरे।
प्रकाशित: ९ भाद्र २०८२ ०८:१४ सोमबार





