१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

यमालको करिअरकै पहिलो ह्याट्रिकमा बार्सिलोनाको जित

लामिन यमालले आफ्नो करिअरको पहिलो ह्याट्रिक गरेपछि बार्सिलोनाले भिलारियललाई हराउँदै ला लिगाको शीर्ष स्थानमा रहने सुनिश्चित गरेको छ।

गएराति भएको खेलमा भिलारियलाई ४–१ ले पराजित गरेपछि बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा रहने सुनिश्चित गरेको हो।

यमालले गरेको यो ह्याट्रिकसँगै उनी ला लिगामा ह्याट्रिक गर्ने सबैभन्दा कान्छा खेलाडी समेत बनेका छन्। 'लगभग एक हप्तादेखि मैले  धेरै राम्रो महसुस गरिरहेको छु, खेल्दाखेल्दै मुस्कुराउने त्यो चाहना थियो जुन मैले धेरै समयदेखि महसुस गरेको थिइनँ, म खेल्न पाउँदा खुसी छु र साँच्चै सन्तुष्ट छु,' यमालले खेलपछि मोभिस्टारलाई भने।

उनले खेलको पहिलो हाफमै दुई गोल गरेका थिए। त्यसपछि दोस्रो हाफमा एक गोल थप्दा उनले ला लिगामा एतिहास रचे। त्यसपछि बार्सिलोनको लागि रोबर्ट लेवान्डोस्कीले खेलको इन्जुरी समयमा गोल गरे।

यो जितसँगै बार्सिलोनाले ६४ अंक जोडेको छ।

प्रकाशित: १७ फाल्गुन २०८२ ११:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App