बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले २०२६ को घरेलु अन्तर्राष्ट्रिय क्यालेन्डरको घोषणा गरेको छ।
घोषण गरेको क्यालेन्डर अनुसार बंगलादेशले चार टेस्ट, १२ एक दिवसीय र नौ टी-२० खेल आयोजना गर्नेछ।
बीसीबीका अनुसार पुरुष टी-२० विश्वकप सकेपछि मार्चदेखि घरेलु सिजन सुरु हुनेछ । जहाँ पाकिस्तान तीन खेलको एकदिवसीय शृङ्खलाको लागि भ्रमण गर्नेछ।
त्यसपछि, पाकिस्तान मे महिनामा दुई टेस्ट शृङ्खलाको लागि फेरि भ्रमण गर्नेछ, जुन विश्व टेस्ट च्याम्पियनसिपमा गणना हुने बीसीबीले जनाएको छ। न्यूजील्याण्ड अप्रिल र मे महिनामा तीन एक दिवसीय र तीन टी-२० खेल खेल्न बंगालदेश आउने छ । जहाँ सेतो बलबाट प्रतियोगिता खेलिनेछ।
अष्ट्रेलिया जुनामा तीन एकदिवसीय र तीन टी-२० खेल खेल्ने बंगालदेश आउने छ भने भारतले पनि सेप्टेम्बरमा बंगालदेशको सोही प्रतियोगिताका लागि भम्रण गर्नेछ।
बीसीबीका अनुसार अक्टोबर र नोभ्भेबरमा विश्व टेस्ट च्याम्पियनसिपको भागका रूपमा वेस्ट इन्डिजविरुद्ध दुई टेस्ट शृङ्खल खेलेसँगै घरेलु खेल समाप्त हुनेछ।
अन्तर्राष्ट्रिय खेलकुदका भने, श्रींलका ‘ए’ ले मे महिनामा दुई चार-दिवसीय खेल र तीन एकदिवसीय खेलका लागि बंगलादेशको भ्रमण गर्नेछ।
प्रकाशित: १८ पुस २०८२ १७:३५ शुक्रबार





