३० श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

अष्ट्रेलियालाई दबाबमा पार्दै बंगलादेश, १५३ रनको विशाल अग्रता

अष्ट्रेलिया विरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा बंगलादेशले १५३ रनको अग्रता कायम गरेको छ।

दोस्रो दिनको खेल समाप्ति हुदाँ सम्म उसले ११० ओभरमा ६ विकेटको क्षतिमा ३५१ रन जोडेको छ। बंगलादेशका लागि तानजेद हसनले शतकीय पारी खेले। उनले १०१ रन जोडेका थिए। त्यसतै, कप्तान नजमुल हुसेन शान्तोले ८४ तथा मोमिनल हकले ४९ रनको पारि खेलेका थिए। दिनको खेल समाप्ति हुदाँ सम्म बंगलादेशका मेहदी हसन मेहर ३२ रन र हसन महमुद १३ रन बनाएर क्रिजमा रहेका छन्।

अष्ट्रेलियाका लागि जोश हेजलवुड र प्याट कमिन्सले समान ३ विकेट हात पारेका छन्। यसअघि, टस जितेर ब्याटिङ गरेको घरेलु टोलि १९८ रनमा अलआउट भएको थियो। उसका लागि स्टिभ स्मिथले ७१ रन जोडेका थिए। बलिङतर्पm बंगलादेशका लागि हसन महमुद एक्लैले ६ विकेट हात पारेका थिए।

प्रकाशित: २९ श्रावण २०८३ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App