पाकिस्तानविरुद्धको पहिलो टेस्ट क्रिकेटमा बंगलादेश १०४ रनले विजयी भएको छ।
मिरपुरमा २६८ रनको लक्ष्य पछ्याएको पाकिस्तान १६३ रनमा अलआउट भएपछि बंगलादेशले पहिलो खेलमै जित हासिल गरेको हो। योसँगै घरेलु टोलीले २ खेलको शृंखलामा अग्रता बनाएको छ।
बंगलादेशका बलरसामु पाकिस्तानी ब्याट्सम्यानमात्र ५२ ओभर ५ बलमात्र टिक्ट सके। अब्दुल्लाह फजलले ६६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन बिर्सनलायक रह्यो। ६ जना ब्याटर दोहोरो अंकको स्कोर गर्न नसकेको पाकस्तानी इनिङ्समा सलमान आगाले २६ रन बनाए।
पाकिस्तानलाई सस्तैमा समेट्नेक्रममा नहिद रानाले ५ विकेट लिए। तक्सिन अहमद र तैजुल इस्लामले समान २ विकेट लिए भने मेहन्दी हसनको नाममा एक विकेट रह्यो।
पाकिस्तानले पहिलो इनिङ्समा ३८६ रन बनाएको थियो।
यसअघि ३ विकेटको क्षतिमा १५२ रनबाट आज पाँचौं दिनको खेल थालेको बंगलादेशले ९ विकेटको क्षतिमा २४० रनमा इनिङ्स डिक्लियर गरेको थियो। बंगलादेशका लागि क्याप्टेन नज्मुल हुसेनले ८७ र मोमिनुल हकले ५६ रन बनाएका थिए।
बंगलादेशले पहिलो इनिङ्समा ४१३ रन बनाएको थियो।
दोस्रो तथा अन्तिम टेस्ट शनिबार सिलेटमा सुरु हुनेछ।
प्रकाशित: २९ वैशाख २०८३ १८:५१ मंगलबार




-600x400.jpg)