फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सहआयोजक अमेरिकाका फोलारिन बालोगुनलाई रेड कार्ड देखाइएको छ।
उनलाई खेलको ६४औं मिनेटमा रेड कार्ड देखाइएको हो। यो सँगै उनी मैदानबाट बाहिरिएका छन्। भिएआर चेकमा उनले रातो कार्ड पाउने खालको फाउल गरेको निष्कर्ष निकालिएपछि अमेरिकी टोलीले बाँकी खेल १० खेलाडीमा खेल्नुपर्ने भएको छ।
उनले खेलको ४५औं मिनेटमा बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए।
सान फ्रान्सिस्को बे एरिया स्टेडियम जारी खेलको पहिलो हाफको अन्तिम समयमा बालोगुनले गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध अमेरिकालाई अग्रता दिलाएका हुन्।
यो सँगै अहिले अमेरिका बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध १-० ले अगाडि छ।
प्रकाशित: १८ असार २०८३ ०७:३० बिहीबार





