३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

ब्याडमिन्टन टोली आज भुटान जाँदै

जुनियर दक्षिण एसियाली रिजन गेममा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली आज भुटानको थिम्पु प्रस्थान गर्दै छ।

यही अगष्ट १५ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट तीन फरक उमेर समूहका १२ खेलाडी सहभागी हुने छन्। यु–१५ को पुरुषमा दीप थिङ र सुदेश राजकोटी तथा महिलामा स्वर्णिम श्रेष्ठ र निभा राई रहेका छन्।

यु–१७ को पुरुषमा सुविन श्रेष्ठ र सदिप राई तथा महिलामा रिहाना शेरचन र दिलाशा थापाले खेल्ने छन्। यु–२० को पुरुषमा प्रिन्स दाहाल र क्षितिज खनाल तथा महिलामा रशिला महर्जन र आयुष्मा नेपालले प्रतिस्पर्धा गर्ने छन्।

प्रशिक्षकमा सुनिल बराही तथा व्यवस्थापकमा वीरेन्द्र श्रेष्ठ रहेका छन्। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले सोमबार यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे। 

प्रकाशित: २७ श्रावण २०८२ ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App