२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

अस्ट्रेलियाले टस जित्यो, आयरल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह बी को १४ औं खेलमा अस्ट्रेलियाले आयरल्याण्डविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।

श्रीलंकाको कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियममा भएको टसमा अस्ट्रेलियाली कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

अस्ट्रेलियाका लागि ट्राभिस हेड र जोस इङ्लिस मैदान उत्रिएका छन्।

क्रिजमा रहेका हेडले ४ बल खेल्दै एक चौकाको मद्दतमा ६ रन बनाएका छन् भने इङ्लिसले खाता खोल्न बाँकी छ। आयरल्याण्डका लागि म्याथ्यू हम्फ्रेजले बलिङको सुरुवात गरेका छन्।

प्रकाशित: २८ माघ २०८२ १५:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App